Friday 7 April 2017

गजल

कुन्नि किन भेटौँ भन्दै
दोबाटौमा लिन आईथ्यौ
संगै हिड्दा बाटो बाटै
तीनआँख्ले चिनाईथ्यौ ।

धूलो थियो धुवाँ थियो,
मधूर त्यो साँझ पनि
उपहार चाईन्छ भनि
चकलेट पनि किनाईथ्यौ ।

कौतुहलता मेटेपछी
निशाको त्यो अँधेरिमै
लाजले मुख रातो पारी
भेट्न मलाई किन आईथ्यौ

भावभंगी त्यो मनको
तराजुले जोखेपछी,
हुन्छ रिक्त भनि जोवन
दिन मलाई किन आईथ्यौ !

No comments:

Post a Comment